Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रमको जवाफ दिन प्रधानमन्त्री नै उपस्थित हुनुपर्ने राप्रपाको माग


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ३० २०८३
  • 513
    SHARES

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने माग गर्नुभएको छ ।

प्रधानमन्त्रीले संसदलाई छलेर उत्तरदायित्वबाट विमुख हुन खोजेको आरोप लगाउँदै उनले यसप्रति कडा आपत्ति जनाएका जनाउनुभएको हो ।

संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता शाहीले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रश्तुत गर्ने र उठेका प्रश्नहरूको जवाफ दिने दायित्व प्रधानमन्त्रीकै भएको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक राख्न सक्ने तर संसद्मा आएर जनताका प्रतिनिधिहरूको प्रश्नको सामना गर्न नसक्ने विषय गम्भीर रहेको उहाँको तर्क छ ।

शाहीले प्रधानमन्त्रीको अनुपस्थितिलाई सत्तापक्ष र प्रतिपक्ष मात्र नभई समग्र सार्वभौम संसद्कै अपमानका रूपमा चित्रण गर्नुभयो । उहाँले भन्नुभयो, ‘नीति तथा कार्यक्रम सरकारको मेरुदण्ड हो। विश्वव्यापी प्रचलन र हाम्रो संसदीय अभ्यासअनुसार प्रधानमन्त्रीले यसको अपनत्व लिनुपर्छ । प्रधानमन्त्री बिरामी भएको वा देशबाहिर रहेको अवस्थामा बाहेक अन्य मन्त्रीलाई जवाफ दिने अधिकार सुम्पनु संसदीय मर्यादाविपरित छ । जनताको सरकार जनताप्रति उत्तरदायी हुनुपर्छ र त्यसको थलो संसद हो । प्रधानमन्त्रीलाई संसद्मा कुनै मनोरञ्जनका लागि नभई देशको आगामी कार्यदिशा, प्राथमिकता र जनताका ज्वलन्त समस्याको जवाफ दिन बोलाइएको हो । सरकारका लागि नीति तथा कार्यक्रमभन्दा महत्त्वपूर्ण अरू कुनै विषय हुन सक्दैन ।’
उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई समेत विगतको नजिर सम्झाउँदै यस विषयमा गम्भीर हुन आग्रह गर्नुभयो । विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली संसद्मा अनुपस्थित हुँदा रास्वपाले विरोध जनाएको स्मरण गराउँदै शाहीले अहिलेको परिस्थितिमा पनि सबै दलले जवाफदेहिताको खोजी गर्नुपर्ने बताउनु भयो ।

प्रधानमन्त्रीले संसद छल्न खोजेको भन्दै कुनैपनि बहानामा प्रधानमन्त्री जवाफदेहिताबाट भाग्न नपाउने अडान दोहो¥याउनु भयो । प्रधानमन्त्रीको अनुपस्थितिकै कारण संसद बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी दिँदै उहाँले आगामी रणनीति छलफलपछि तय हुने बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४