Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुकुम्वासी बस्ती खालि गराउने सरकारको कदमविरुद्ध बिहीबार चक्काजाम गरिने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख ३० २०८३
  • 494
    SHARES

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीनिकट अखिल नेपाल सुकुम्वासी संघले सुकुम्वासी तथा अव्यवस्थित बस्ती खालि गराउने सरकारको कदमविरुद्ध आन्दोलन गर्ने भएको छ ।

संघले बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै गुठी तथा बिर्ता पीडित समुदायमाथि भइरहेको जबरजस्ती उठीबास र डोजर अभियानविरुद्ध आन्दोलन गर्ने जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष अमर परियारले अदालतले सुकुम्वासी बस्ती खाली नगराउन अन्तरिम आदेश दिइसक्दा पनि कोहलपुरमा सुकुम्वासी बस्तीमाथि डोजर चलाउने काम भएको भन्दै आपत्ति जनाए ।

सरकारले सर्वोच्च अदालतको आदेशमाथि धावा बोल्ने काम गरेको भन्दै उनले उक्त कुराको निन्दा गरे । उनले सरकार मात्र नभई नेपाली सेना आफैँ विवादमा आउने गरेर हस्तक्षेप गरेको भन्दै त्यसका विरुद्ध संघर्ष गरिने बताए । उनले यही संघले यही वैशाख ११ गते घोषणा गरेको आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिँदै वैशाख ३१ गतेदेखि थप संघर्षका कार्यक्रम सञ्चालन गरिने बताए ।

उनले वैशाख ३१ गते बिहान ६ बजेदेखि १० बजेसम्म सवारी साधन सञ्चालन नगरी आन्दोलनलाई सहयोग गर्न यातायात व्यवसायी र सर्वसाधारणलाई पनि आग्रह पनि गरे । उनले प्रधानमन्त्री बालेन्द्र साह नेतृत्वको सरकारमाथि अध्यादेशमार्फत शासन चलाउन खोजेको, नेपाली सेनालाई विवादमा तान्ने प्रयास गरेको तथा राष्ट्रपति र संसदको गरिमा कमजोर पार्ने काम भइरहेको आरोप पनि लगाए ।

उनले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले अभ्यास गर्ने भनेको प्रत्याह्वानमार्फत प्रधानमन्त्री एवं रास्वपा संसदीय दलको नेताबाट शाहलाई फिर्ता बोलाउन माग समेत गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४