Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

छानबिनमा सहयोग नगरेपछि क्यानलाई कारबाही गर्न खेलकुद मन्त्रालयको निर्देशन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २७ २०८३
  • 608
    SHARES

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीबारे छानबिनमा सहयोग नगरेको भन्दै नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध आवश्यक कारबाही प्रक्रिया अघि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई निर्देशन दिएको छ ।
मन्त्रालयले वैशाख १४ गते राखेपलाई पत्र पठाउँदै क्यानसँग अन्तिम पटक स्पष्टीकरण माग गरी आवश्यक कारबाही अघि बढाउन निर्देशन दिएको हो । उक्त पत्र २३ वैशाखमा राखेपमा दर्ता भएको मन्त्रालय स्रोतले जनाएको छ ।

अख्तियारमा २०८१ मंसिर ७ गते र २०८१ फागुन १२ गते परेको उजुरीका सम्बन्धमा मन्त्रालयमा सचिवस्तरीय तथा मन्त्रीस्तरीय निर्णयमार्फत छानबिन समिति गठन गरिएको थियो । समितिलाई छानबिन प्रक्रिया अघि बढाउने जिम्मेवारी दिइए पनि क्यानले आवश्यक अभिलेख तथा कागजात उपलब्ध नगराएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा २८ को खण्ड (च) र (ड) अनुसार मन्त्रालय तथा परिषद्ले मागेका श्रेस्ता र अभिलेख उपलब्ध गराउनु सम्बन्धित निकायको कानुनी दायित्व भएको उल्लेख गरेको छ । तर, क्यानले उक्त कानुनी व्यवस्था पालना नगरेको पत्रमा जनाइएको छ ।

वैशाख १४ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार क्यानलाई अन्तिम पटक चेतावनीसहित स्पष्टीकरण सोध्न र “कारबाही किन नगर्ने तथा निलम्बन किन नगर्ने ?” भन्ने विषयमा जवाफ माग्न निर्देशन दिइएको छ ।

मन्त्रालयले खेलकुद विकास ऐन २०७७ को दफा २९ अनुसार क्यानमाथि कारबाही तथा निलम्बनसम्मको प्रक्रिया अघि बढाउन सकिने उल्लेख गर्दै आयोगले मागेका जवाफ र आवश्यक कागजात उपलब्ध नभए थप कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ ।

यस विषयमा क्यानबाट चित्तबुझ्दो जवाफ नआए कारबाही प्रक्रिया अगाडि बढाउन मन्त्रालयले राखेपलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४