Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तमिलनाडुको मुख्यमन्त्रीमा अभिनेता विजयले लिए शपथ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २७ २०८३
  • 437
    SHARES

काठमाडौं । दक्षिण भारतीय अभिनेता तथा राजनीतिज्ञ विजयले आइतबार तमिलनाडु राज्यको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । चेन्नईस्थित जवाहरलाल नेहरू रंगशालामा आयोजित विशेष समारोहबीच उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
शपथग्रहण समारोहमा विजयका परिवारका सदस्य, विभिन्न राजनीतिक दलका नेता, कलाकार तथा हजारौं समर्थकको उल्लेखनीय उपस्थिति रहेको थियो । यससँगै तमिलनाडुले करिब ६ दशकपछि डीएमके र एआईएडीएमके बाहिरको नयाँ नेतृत्व पाएको छ ।

५१ वर्षीय विजयले स्थापना गरेको तमिलगा वेत्री कझगम (टिभिके) ले छोटो समयमै प्रदेश राजनीतिमा उल्लेखनीय सफलता हासिल गरेको छ । गएको महिना सम्पन्न प्रदेशसभा निर्वाचनमा टिभिकेले २३४ मध्ये १०८ सिट जित्दै शक्तिशाली राजनीतिक उदय गराएको थियो ।

यद्यपि, सरकार गठनका लागि आवश्यक स्पष्ट बहुमत भने पार्टीले प्राप्त गर्न सकेन । बहुमतका लागि आवश्यक ११८ सिटभन्दा १० सिट कम आएपछि विजयले कांग्रेस, भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) र माक्र्सवादी कम्युनिस्ट पार्टी (सीपीएम) लगायत दलहरूको समर्थन जुटाएका थिए ।

सहयोगी दलहरूको समर्थनपछि विजय नेतृत्वको नयाँ सरकार गठन भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४