Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामाथि नेपाल ‘ए’को शानदार जित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख २५ २०८३
  • 779
    SHARES

काठमाडौँ । एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ । माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको जित हासिल गरेको हो । अमेरिकाले जितको लागि दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले पाँच बल बाँकी रहँदा पूरा गर्‍यो ।

नेपालको जितमा मयान यादव नायक बने । उनले ८० बलमा ७२ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्‍याए । उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थियो । त्यसअघि नेपालका ओपनर त्रितराज दासले २३ रन बनाउँदा कप्तान अनिल साहले २७ रनको योगदान दिए । देव खनाल १७ रनमा आउट भए पनि सन्दीप जोराले मध्यम क्रम सम्हाल्दै ३६ रन जोडे । कुशल मल्लले ३३ रन बनाए ।

खेल अन्तिमतिर रोमाञ्चक बनेको अवस्थामा पवन सर्राफले विस्फोटक ब्याटिङ गरे । उनले १५ बलमा अविजित २४ रन बनाउने क्रममा एक चौका र दुई छक्का प्रहार गरे । दीपक डुम्रे दुई रनमा अविजित रहँदा नेपालले ४९ दशमलव एक ओभरमा सात विकेट गुमाएर लक्ष्य पूरा ग¥यो ।

अमेरिकाका लागि मिलिन्द कुमारले सर्वाधिक दुई विकेट लिए भने सौरभ नेत्रवलकर, नोस्तुष केन्जिगे, रशिल उगारकर, हरमित सिंह तथा सञ्जय कृष्णमुर्थीले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६२ रनको योफल बनाएको हो । अमेरिकाका लागि स्मित पटेलले शानदार शतकीय इनिङ्स खेल्दै १०७ बलमा १० चौका र पाँच छक्कासहित ११६ रन बनाए ।

त्यस्तै ओपनर शायन जहाँगिर नौ रनमा आउट हुँदा कप्तान मोनाङ्क पटेलले २० रन जोडे । सैतेजा मुक्कामल्लाले १० तथा मिलिन्द कुमारले सात रन बनाए । त्यसपछि शुभम रञ्जानेले १६, सञ्जय कृष्णमुर्थीले १५ तथा शेहान जयसूरियाले सात रनको योगदान दिए ।

अन्तिमतिर हरमित सिंह २५ र जसदीप सिंह ३३ रनमा अविजित रहँदै टोलीलाई सम्मानजनक योगफलतर्फ पु¥याए । नेपाल ‘ए’ का लागि पवन सर्राफले दुई विकेट लिए भने विपीन खत्री, शाहव आलम, बासिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक÷एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४