Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिपुलेक नेपाली भूमि हो, भारतले अस्वीकार गर्न मिल्दैन: हर्कराज राई


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २१ २०८३
  • 1K
    SHARES

काठमाडौँ । लिपुलेक नेपालको हो भन्ने तथ्य अस्वीकार गर्ने भारत सरकारको वक्तव्यप्रति श्रम शक्ति पार्टीका अध्यक्ष हर्कराज राईले आपत्ति जनाएका छन् ।

सोमवार काठमाडौँको थापाथलीस्थित सरकारले हटाएको सुकुम्वासी बस्तीमा पुगेका उनले सञ्चारकर्मीहरूले जिज्ञासा राखेपछि लिपुलेक नेपाली भूमि भएकाले भारत सरकारले त्यसो भन्न नमिल्ने बताए ।

भारत सरकारको विदेश मन्त्रालयले सो भूमि नेपालको हो भन्ने दाबी अनुचित र प्रमाणमा आधारित नभएको टिप्पणी गरेको थियो । अध्यक्ष राईले सुघौली सन्धीले सो भूमि नेपालको हो भन्ने तथ्य उजागर गरेकाले भारत सरकारले त्यसो भन्न नमिल्ने तर्क गरे । उनले भारतमा विगतमा पनि यस्तै भन्दै आएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अध्यक्ष राईले भने ‘भारतले त्यसो भन्न नपर्ने हो । त्यो भूमि हाम्रो हो । भारतले पहिला देखिनै प्रमाण पुग्दैन भनिराख्या छ । त्यो भूमि हाम्रो हो । सन् १८१६ को सुघौली सन्धीले त्यो भन्छ ।’

सरकारले सुकुम्वासी बस्ती डोजर चलाएर हटाउने काम गरेपछि प्रतिपक्ष श्रम शक्ति पार्टीले त्यसको विरोध गर्दै देशभर आन्दोलनमा जाने चेतावनी दिएको छ । पीडितको अवस्था बुझेर सो सम्बन्धी आन्दोलनलाई चर्काउने भन्दै अध्यक्ष राई सरकारले हटाएको सो बस्तीको अनुगमनको कामलाई सुरु गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४