Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैशाख २१ गते सोमबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २१ २०८३
  • 1.1K
    SHARES

आजको पञ्चाङ्ग
वि.सं. वैशाख २१, २०८३ । इ.सन् 04 May, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (बछलागा) रौद्र संवत्सर उत्तरायण वसन्त ऋतु । सोमवार ज्येष्ठ कृष्णपक्ष ।तिथि तृतीया, २७:२७ बजेपछि चतुर्थी । नक्षत्र अनुराधा, ०८:४० बजेपछि ज्येष्ठा । योग परिघ, २२:१४ बजेपछि शिव । करण भद्रा, ०३:२७ बजेपछि वणिज, १४:२५ बजेउप्रान्त वालव । चन्द्रराशि वृश्चिक । योग (आनन्दादि) मानस । दिनमान १३:१४ । सूर्योदय ०५:२४ । सूर्यास्त १८:३८ । दिन विशेष : भ.१४:२५उ. ३:२७प., अगस्त्यस्त १८:५ बजे ।
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सबैलाई समेटेर काम लिन नसक्दा पछि परिनेछ। समयको तालमेल नमिल्दा योजना अधुरै रहनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। सानातिना काममै अल्झनुपर्नेछ। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न समय लाग्नेछ। दीर्घकालीन योजना बनाएर काम प्रारम्भ गर्ने बेला छ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ। साथीभाइको सहयोगले उत्साह मिल्नेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
चुनौतीपूर्ण कामको दायित्व लिनाले अलि दु:ख पाइनेछ। सम्भावना देखिए पनि न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। सानो गल्तीले हर्जाना तिराउन सक्छ। नयाँ काममा लगानी गर्न केही समय पर्खंदा राम्रो हुनेछ। अरूको करकापमा निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। बेसुरकाे निर्णयले समस्या निम्त्याउन सक्छ। पहिलेकाे उपलब्धि जाेगाउन सजग रहनुहाेला।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। अध्ययनमा प्रगति हुनुका साथै ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। समय लागे पनि तारिफयोग्य कामले अरूको उपकार गर्न सकिनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। साझेदारीमा देखिएका समस्या सुल्झाउन सकिनेछ। साथीभाइ र सहयोगीहरूले साथ दिनेछन्। पहिलेको दुविधाले निर्णायक मोड लिनेछ। भौतिक सुख–सुविधा प्राप्त हुनेछ। घरेलु प्रयाेजनका सामान जुटाउन सकिनेछ। व्यवसायमा केही लाभ हुनेछ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। समयको प्रतिकूलताले काम बिग्रन सक्छ। परिश्रम परे पनि कम प्रतिफल प्राप्त हुनेछ। काम बने पनि उठ्नुपर्ने रकम अड्किन सक्छ। नियमित काम तथा व्यवसायमा सामान्य फाइदा भइरहनेछ। सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि चुनौतीभित्र अवसर खोज्ने समय छ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसरले आत्मबल बढ्नेछ र काममा सफलता प्राप्त हुनेछ। छोटो समयमा फाइदा लिन सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारले फाइदा दिनेछ। तत्काल धेरै गर्न नसकिए पनि पछिका लागि जग बसाउने समय छ। व्यावसायिक कर्मले गति लिनेछ। मिहिनेतले राम्रो नतिजा हातपार्न सकिनेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
काम बन्नुका साथै दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। कामकाे सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीले साथ दिनेछन्। बिछोडिएका आफन्तसँग भेटघाट होला। पहिलेका कमजोरी सुधार्दै फाइदा उठाउने समय छ। पहिरनले व्यक्तित्वमा आकर्षण पनि ल्याउनेछ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
खर्चको जोहो गर्न आफन्त र परिवारबाट टाढिनुपर्ला। केही पाउन केही वस्तु त्याग्नुपर्ला। यात्रा तथा भ्रमणका लागि प्रयत्न गर्ने समय छ। टाढाका साथीभाइले काममा साथ दिनेछन्। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम सम्पादन हुनेछ। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सापट वा कर्जामार्फत धन जुट्नेछ। पेसा–व्यवसायमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। नोकरी तथा व्यवसायमा फाइदा हुनेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। कामले धेरैको मन जित्न सकिनेछ। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारमा थोरै लगानीबाट पनि लाभ आर्जन हुनेछ। नयाँ कामतर्फ अग्रसर भइनेछ र छोटो समयमै काम बनाउन सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
पछिका लागि राम्रो सम्भावना देखिए पनि तत्काल सोचेको लाभ नहुन सक्छ। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्लान्। तापनि बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ। सेवामूलक काम बन्नेछ। तर अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
काम थाल्ने र पछिका लागि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। सानो प्रयत्नले समाजका लागि धेरै फाइदा हुने काम गर्न सकिनेछ। तारिफयोग्य कामले लोकप्रियता दिलाउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४