Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेची भन्सार मातहतका ६ छोटी भन्सारमध्ये ५ बन्द सीमापार व्यापार सुस्त, राजस्वमा असर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २१ २०८३
  • 589
    SHARES

झापा–इलाम क्षेत्रको प्रमुख सीमावर्ती संरचना मानिएको मेची भन्सार कार्यालय मातहत रहेका छ वटा छोटी भन्सार कार्यालयमध्ये हाल एक मात्र सञ्चालनमा रहेको पाइएको छ। राजस्व असुली वृद्धि र सीमापार व्यापार सहज बनाउन स्थापना गरिएका पाँचवटा छोटी भन्सार भने लामो समयदेखि बन्द अवस्थामा छन्।
मेची भन्सार कार्यालय काँकरभिट्टाअन्तर्गत गौरीगन्ज–२ स्थित आठमौजा छोटी भन्सार मात्र सञ्चालनमा रहेको छ। तर त्यहाँ पनि अपेक्षाकृत व्यापार गतिविधि हुन नसकेको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिए। उनका अनुसार अन्य नाकाहरूमा पर्याप्त आयात–निर्यात कारोबार नहुँदा छोटी भन्सार सञ्चालन हुन नसकेका हुन्।
बन्द अवस्थामा रहेका छोटी भन्सारहरूमा मेचीनगर–२ को गाडागल्ली, मेचीनगर–४ को बाहुनडाँगी, मेचीनगर–५ को नकलबन्दा, मेचीनगर–७ को सतिघट्टा र गौरीगन्ज–१ को महाभारा रहेका छन्। यीमध्ये बाहुनडाँगी छोटी भन्सार विगत आठ वर्षदेखि पूर्ण रूपमा बन्द छ।
स्थानीय तहले भने भन्सार पुनः सञ्चालनका लागि पहल गरिरहेको जनाएको छ। बाहुनडाँगीका वडाध्यक्ष अर्जुनकुमार कार्कीले ऐतिहासिक महत्त्व बोकेको यो नाका पुनः सञ्चालन गर्न सरकारसँग आग्रह गरेका छन्। उनका अनुसार राणाकालदेखि नै सञ्चालनमा रहेको यो भन्सार इलाम र झापाका बासिन्दाहरूका लागि भारतको नक्सलबारी हुँदै कोलकातासम्म आवतजावत गर्ने प्रमुख मार्ग थियो।
हाल अधिकांश छोटी भन्सारहरूमा पूर्वाधार अभाव देखिएको छ। भन्सार सञ्चालनका लागि आवश्यक क्वारेन्टाइन, जाँच कक्ष, प्रविधियुक्त सेवा र अन्य सहायक निकायको अभावले गर्दा व्यापारिक गतिविधि प्रभावकारी हुन सकेको छैन। काँकरभिट्टामा रहेको मुख्य भन्सार कार्यालयमा भने सुक्खा बन्दरगाह, अध्यागमन, क्वारेन्टाइन र आधुनिक जाँच प्रणाली उपलब्ध छन्।
सीमावर्ती क्षेत्रमा भारतीय बजारको अभाव, न्यून व्यापारिक गतिविधि र सेवा सुविधाको कमीले छोटी भन्सारहरू निष्क्रिय बन्दै गएका छन्। यद्यपि सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था भने निरन्तर दिँदै आएको छ।
सरकारले सीमापार व्यापार विस्तार र राजस्व वृद्धिका लागि यस्ता नाकाहरूको स्तरोन्नति तथा आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४