Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कास्कीमा बाबुको हत्या आरोपमा छोरा पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २० २०८३
  • 570
    SHARES

पोखरा । कास्की जिल्लाको रूपा गाउँपालिका–४, बागेडाँडामा एक वृद्धको शंकास्पद मृत्यु प्रकरणमा उनका आफ्नै छोरा पक्राउ परेका छन्।

वैशाख १७ गते साँझ करिब ६: ४५ बजे ६२ वर्षीय राम बहादुर घर्ती आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए।

उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय शिशुवा, कास्कीबाट खटिएको टोलीले प्रारम्भिक अनुसन्धान गरी घाइतेलाई पोस्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा पठाएको थियो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी हरिबहादुर बस्नेतले घटनास्थलको सूक्ष्म अनुसन्धान गर्दा मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको, नाकबाट तरल पदार्थ बगेको र कोठाको ढोका खुला रहेको पाइएको थियो।

अनुसन्धानको क्रममा घटनामा संलग्न रहेको आशंकामा मृतककै कान्छो छोरा ३४ वर्षीय भिम बहादुर भुजेललाई पक्राउ गरिएको सुचना अघिकारी बस्नेतले जानकारी दिए ।

उनलाई १८ गते पोखरा महानगरपालिका–११, हस्पिटल चोकबाट पक्राउ गरिएको हो। पक्राउ परेका भुजेलमाथि मुलुकी अपराध संहिता, २०७४ को ज्यान सम्बन्धी कसुर अन्तर्गत दफा १७७ बमोजिम कर्तव्य ज्यान मुद्दामा १० दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४