Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

शंखमुल र अनामनगर क्षेत्रका अनधिकृत संरचनामाथि डोजर परिचालन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १९ २०८३
  • 1.3K
    SHARES

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर क्षेत्रभित्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिँदै शंखमुल र अनामनगर क्षेत्रमा डोजर परिचालन गरेको छ ।

सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका तथा मापदण्ड विपरीतका अवैध संरचनाहरूलाई लक्षित गरी महानगरले यो कारबाही अघि बढाएको हो ।

स्थानीय प्रशासनकाअनुसार शंखमुलस्थित नदी किनार र फुटपाथ मिचेर बनाइएका भौतिक संरचनाहरू हटाउन डोजर प्रयोग गरिएको छ । त्यसैगरी, अनामनगर क्षेत्रमा पनि सडक सीमा मिचेर बनाइएका टहरा र अनधिकृत निर्माणहरू भत्काइएको छ ।

महानगरले यसअघि नै सार्वजनिक सूचना जारी गर्दै त्यस्ता अवैध संरचनाहरू स्वतःस्फूर्त रूपमा हटाउन सम्बन्धित पक्षलाई समयसीमा उपलब्ध गराएको थियो ।

सहरको सौन्दर्यीकरण कायम गर्न, फुटपाथ व्यवस्थापन गर्न र सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने उद्देश्यले यो कदम चालिएको महानगर स्रोतले बताएको छ । महानगरले आगामी दिनमा पनि यस्ता अनधिकृत संरचना हटाउने कार्यलाई निरन्तरता दिने स्पष्ट पारेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४