Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

त्रिविका पदाधिकारीले कर्मचारीमार्फत प्रधानमन्त्री कार्यालय पठाए राजीनामा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १७ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । त्रिविका पदाधिकारीहरूले कर्मचारीमार्फत राजीनामा प्रधानमन्त्री कार्यालयमा पठाएका छन् । कुलपति एवं प्रधानमन्त्रीको निजि सचिव प्रदिप परियारको ह्वाट्सएपमा पनि पठाइएको छ ।

‘राजीनामा दिएका छौं । पत्र प्रधानमन्त्री कार्यालयमा पठाएका छौ’,“ शिक्षाध्यक्ष प्राडा खड्ग केसीले भने ।त्रिविका उपकुलपति प्राडा दिपक अर्याल, शिक्षाध्यक्ष प्राडा खड्ग केसी र रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले राजीनामा दिएका हुन् ।

नयाँ सरकारालाई काम गर्न सहजताको लागि मार्गप्रशस्त गरिएको तर्क उनीहरूले गरेका छन् ।

उपकुलपति अर्याल केपी ओली प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । प्राडा केशरजंग बरालले उपकुलपतिबाट राजीना दिएपछि अर्याल गत २०८२ असार २५ मा उपकुलपति बनेका थिए ।

शिक्षाध्यक्ष केसी र रजिस्ट्रार रिजाल पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको बेला नियुक्त भएका थिए । तत्कालीन उपकुलपति बरालको सिफारिसमा रिजाल र केसीलाई २०८० चैत ३० मा तत्कालीन प्रधानमन्त्री प्रचण्डले नियुक्त गरेका थिए । त्रिवि पदाधिकारीको कार्यकाल ४ वर्षको हो ।

तर दुई तिहाइ नजिकको मत ल्याएको रास्वपाले राजनीतिक नियुक्ति लिएकालाई मार्गप्रशस्त गर्न भनेको थियो । सरकारले अध्यादेश नै ल्याउन लागेपछि राजीनामा दिने निर्णमा त्रिवि पदाधिकारी पुगेका हुन् ।

१४ वैशाखमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति पौडेललाई अध्यादेश सिफारिस गरेको हो । हाल अध्यादेश राष्ट्रपतिले अध्ययन गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४