Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रवि लामिछानेको मुद्दामा आज पूर्ण इजलासमा सुनुवाइ हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १७ २०८३
  • 1.3K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधनसम्बन्धी निर्णयविरुद्ध दायर रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

न्यायाधीशहरू अब्दुल अजीज मुसलमान, श्रीकान्त पौडेल र शान्तिसिंह थापा सम्मिलित पूर्ण इजलासमा उक्त रिटको पेसी तोकिएको हो ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दामा आरोपपत्र संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालय को निर्णयविरुद्ध यो रिट दायर गरिएको हो ।

यसअघि न्यायाधीश विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै विवादमा गम्भीर संवैधानिक तथा कानुनी व्याख्या आवश्यक रहेको ठहर गर्दै पूर्ण इजलासमा पठाएको थियो ।

संयुक्त इजलासले ‘थप प्रमाण’ को व्याख्यामा अस्पष्टता देखिएको औँल्याएको छ । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ३६ अनुसार ‘थप प्रमाण फेला परेमा’ मात्र अभियोग संशोधन गर्न मिल्ने व्यवस्था छ । तर, प्रतिवादी स्वयंले दिएको निवेदन वा स्वघोषणालाई ‘थप प्रमाण’ मान्न सकिन्छ कि सकिँदैन भन्ने कानुनी प्रश्न उठाइएको छ ।

त्यसैगरी, जिल्ला अदालतको क्षेत्राधिकारमा पर्ने विषयमा सर्वोच्च अदालतले हस्तक्षेप गर्न मिल्ने/नमिल्ने भन्ने विषय पनि यो मुद्दाको अर्को महत्वपूर्ण पक्ष बनेको छ । आरोपपत्र संशोधनको अन्तिम निर्णय सम्बन्धित जिल्ला अदालतले गर्ने भएकाले, सो निर्णयअघि नै सर्वोच्च अदालतले हस्तक्षेप गर्न पाउने कि नपाउने भन्ने प्राविधिक प्रश्नको टुंगो अब पूर्ण इजलासले लगाउनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४