Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बीपी राजमार्ग पुन: अवरुद्ध, सोमबार बनाइएका डाइभर्सन बाढीले बगायो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १६ २०८३
  • 437
    SHARES

काभ्रेपलाञ्चोक । अविरल वर्षाका कारण विभिन्न स्थानमा डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुन: पूर्णरूपमा अवरुद्ध भएको छ । सोमबार बनाइएका डाइभर्सन मंगलबार राति रोशी खोलामा आएको बाढीले बगाएपछि बीपी राजमार्ग पुन: अवरुद्ध भएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख प्रहरी निरीक्षक ईश्वर कार्कीले रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा तथा माम्तीमा डाइभर्सन बगाएको जानकारी दिए ।

बीपी राजमार्गका विभिन्न स्थानमा डाइभर्सन बगाएका कारण काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ र धुलीखेल तथा सिन्धुलीको नेपालथोक र खुर्कोटमा सवारी साधन होल्ड अवस्थामा राखिएको छ ।

धुलिखेलका रोकिएका गाडीलाई चरिकोट हुँदै पठाइसकिएको प्रहरीले जनाएको छ । मङ्गलटारमा होल्ड भएका ४ वटा ईभी गाडीका १६ जना यात्रुलाई तेमालको सडक हुँदै धुलिखेलतर्फ पठाउने तयारी छ ।

बीपी राजमार्ग हुँदै यात्रा गर्ने योजना बनाएका यात्रुहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेको छ । सडकबारे जानकारी लिनुपरेमा नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बमा सम्पर्क गर्न पनि भनिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४