Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रातो मत्स्येन्द्रनाथको रथ लगनखेल बसपार्कमाः आज रातिदेखि बलि अर्पण गरिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १४ २०८३
  • 722
    SHARES

काठमाडौं । रातो मत्स्येन्द्रनाथको रथयात्राअन्तर्गत रथलाई यतिबेला लगनखेल बसपार्कमा पुर्याइएको छ । परम्पराअनुसार आज रथलाई सोही स्थानमा राखिनेछ ।

पौराणिक मान्यता तथा चलिआएको परम्पराअनुसार आज रातिबाट राँगा, बोको र हाँसको अण्डाको बली दिने परम्परा शुरु हुने गर्दछ । रथयात्रा ललितपुरको सांस्कृतिक र धार्मिक दृष्टिकोणले अत्यन्त महत्वपूर्ण मानिन्छ ।

जात्रामा सहभागी हुन ललितपुर र आसपासका क्षेत्रबाट ठूलो संख्यामा भक्तजनहरूको उपस्थिति रहेको छ । वर्षा र सहकालका देवताको रूपमा पुजिने मत्स्येन्द्रनाथको यो जात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ । रातो मत्स्येन्द्रनाथको जात्रा नेपालको सबैभन्दा लामो र महत्वपूर्ण सांस्कृतिक उत्सवमध्ये एक हो ।

रातो मत्स्येन्द्रनाथको जात्राको शुरुवात लिच्छविकालीन राजा नरेन्द्रदेवको पालामा भएको मानिन्छ । पौराणिक कथा अनुसार कुनै समय काठमाडौं उपत्यकामा १२ वर्षसम्म भीषण खडेरी परेको थियो । गुरु गोरखनाथले नवनागहरूलाई आफ्नो आसनमुनि थुनेर ध्यानमा बसेका कारण वर्षा हुन सकेको थिएन ।

ऋषिमुनि र तान्त्रिकहरूको सल्लाहमा राजा नरेन्द्रदेव, तान्त्रिक वन्धुदत्त आचार्य र ललित ज्यापू मिलेर गोरखनाथका गुरु मत्स्येन्द्रनाथलाई भारतको कामरुप कामाख्याबाट नेपाल ल्याएका थिए ।

आफ्ना गुरु आएको थाहा पाएपछि गोरखनाथ उठेर दर्शन गर्न जाँदा नागहरू स्वतन्त्र भए र उपत्यकामा वर्षा भयो । त्यसै बेलादेखि मत्स्येन्द्रनाथलाई वर्षा र सहकालका देवताका रूपमा पूज्न र जात्रा गर्न थालियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४