Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नदी किनारको अवैध संरचना र बस्ती हटाउने काम आज पनि जारी मनोहरा क्षेत्रको बस्त आज खाली गरिने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख १३ २०८३
  • 1.1K
    SHARES

काठमाडाैं । सरकारले काठमाडाैं उपत्यकाका नदी किनार र सार्वजनिक जग्गाको अनाधिकृत संरचना र बस्ती हटाउने कामलाई आइतबार पनि निरन्तरता दिने भएकाे छ ।

शनिबार हटाउन बाँकी रहेका क्षेत्रमा आइतबार डोजर चलाउने र हटाउने तयारी गरिएको हाे । काठमाडाैंको थापाथली तथा गैरिगाउँ क्षेत्रमा अनाधिकृत संरचना हटाउने काम सकिएको छ । त्यस्तै, शनिबार राति भक्तपुरको मनोहरा खोला किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने क्रममा अवरोध भएको थियाे। अनाधिकृत रूपमा बनाइएका घर टहरा हटाउने क्रममा सुकुम्वासी बस्तीमा रहेका केहीले ढुङगामुढा गरेपछि काम रोकिएको हाे।

साेही क्रममा २२ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । सुरक्षाकर्मीले डोजर प्रयोग गरी ७ वटा घर भत्काएपछि आक्रमण भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएकाे हाे । घर टहरा हटाउन शुरु गर्नुअघि नै मनोहरा बस्तीमा रहेका करिब ८० प्रतिशत नागरिकले शनिबार दिउँसो नै सरसामान अन्तै लगिसकेका थिए ।

मनोहरा सुकुम्वासी बस्तीमा ७ सय ७७ घर टहरा रहेको प्रहरीले जनाएकाे छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४