Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

युएईमाथि रोमाञ्चक जितपछि कप्तान पौडेल- ‘२ सय रनमा पनि हामीलाई जित्ने विश्वास थियो’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १२ २०८३
  • 1.1K
    SHARES

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलले युएईविरुद्धको खेलमा टोलीले देखाएको ‘क्यारेक्टर’ र आत्मविश्वास नै जितको मुख्य आधार रहेको बताएका छन् ।

खेलपछिको अन्तर्वार्तामा रोहितले पहिलो इनिङ्समा ब्याटिङ अपेक्षा अनुसार नभएको स्वीकार गरे । बलरहरूको प्रदर्शनबारे चर्चा गर्दै उनले सोमपाल कामीको स्पेललाई टर्निङ प्वाइन्ट मानेका छन् । वसिम र अक्षदीप नाथको बलियो साझेदारी तोड्न सोमपालले लिएको दुई विकेट नै खेलको निर्णायक मोड भएको उनको ठहर छ । टप अर्डरको ब्याटिङ फर्ममा देखिएको चुनौतीबारे रोहितले टोलीमा अहिले हेल्दी कम्पिटिसन रहेको बताए ।

सबैले राम्रो गरिरहेका र सिनियर खेलाडीको अनुभवलाई बिर्सिनु नहुने उनको भनाइ छ । पछिल्लो २–३ वर्षमा टोलीका लागि धेरै योगदान दिएको उनको भनाइ छ ।

लिग–२ को दबाबका बारेमा बोल्दै कप्तानले यसअघिको सफलता सम्झाए । ओमनसँगको आगामी खेलका बारेमा उनले ओमन राम्रो टिम भएकाले उनीहरूलाई हलुका रुपमा लिन नहुने बताए ।

कीर्तिपुरको मैदानमा सम्पन्न नेपाल र युएईबीचको खेलमा युएई ३७ रनले पराजित भयो । खेलपछि कुराकानी गर्दै युएईका कप्तानले हारको मुख्य कारण ब्याटिङको खराब प्रदर्शनलाई मानेका छन् । २ सय रनको चुनौती पछ्याउने क्रममा ब्याटिङमा देखिएको कमजोरीले टोलीलाई असफलता दिलाएको उनले स्वीकारे ।

खेलमा आफू र अक्षदीप राम्रो अवस्थामा रहे पनि त्यसपछि विकेट गुमाउनुले खेलको नतिजा बदलेको कप्तानले औँल्याए ।
कप्तानले नेपालको बलिङसँगै फिल्डिङको प्रशंसा गरे ।

युएई र नेपाल दुवै लिग–२ को तालिकामा समान अवस्थामा रहेकाले यसपछिका खेलहरू दुवै टोलीका लागि अत्यन्त महत्त्वपूर्ण रहेको छ । हारबाट निराश भएपनि टोली सकारात्मक पक्षहरूलाई बढाउँदै आगामी खेलहरूमा उत्कृष्ट पुनरागमन गर्ने कप्तानको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४