Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दशरथ रङ्गशालामा सुकुम्वासीको विवरण संकलन सुरु, २३ परिवार दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख १२ २०८३
  • 1.3K
    SHARES

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यकाभित्रका मुख्य सुकुम्वासी बस्तीहरू खाली गराउने अभियान सुरु गरेको छ ।

शनिवार बिहानैदेखि थापाथलीस्थित बागमती नदी किनारका सुकुम्वासी बस्ती हटाउन थालिएको हो ।

अभियानअन्तर्गत प्रभावित स्थानका बासिन्दाहरू धमाधम सरकारी सम्पर्कमा आउन थालेका छन् । सरकारी तथ्यांकअनुसार शनिवार २ बजेसम्म २३ परिवार सरकारी निकायको सम्पर्कमा आएका छन् ।

ती परिवारहरूले आफ्नो विस्तृत विवरण सरकारी टोलीलाई बुझाएका छन् । यस्तै प्राथमिक स्वास्थ्य उपचारका लागि काठमाडौँ महानगरपालिकाको वडा नं. ११ को बबरमहल, वडा नं. ३१ को भीमसेनगोला र वडा नं. ३२ को पेप्सीकोलास्थित स्वास्थ्य प्रवर्द्धन केन्द्र खुला रहेका छन्, जहाँ सामान्य प्राथमिक उपचार प्रदान गरिँदै छ । होल्डिङ सेन्टरमा आउनुभएका सुकुम्वासीहरूका लागि प्राथमिक उपचारको पनि व्यवस्था मिलाइएको छ ।

सरकारले विवरण संकलन र उनीहरूको ‘स्क्रिनिङ’का लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा विशेष व्यवस्था गरेको छ। विभिन्न स्थानका सुकुम्वासीहरूका लागि फरक–फरक डेस्क स्थापना गरी विवरण संकलन कार्य भइरहेको छ । सरकारी टोलीकाअनुसार रङ्गशालामा विवरण संकलन कार्य सम्पन्न भएपछि ती परिवारहरूलाई कीर्तिपुरस्थित राधास्वामी आश्रममा स्थानान्तरण गर्ने तयारी गरिएको छ ।

उनीहरूको सुरक्षित व्यवस्थापनका लागि सरकारी संयन्त्रले कामलाई तीव्रता दिएको छ । उपत्यकाको सौन्दर्यीकरण र नदी किनारको अतिक्रमण हटाउने उद्देश्यसहित केही समय यता सरकारले निरन्तर रूपमा सुकुम्वासी बस्ती हटाउने दाबी गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४