Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

२० औं लोकतन्त्र दिवस आज विविध कार्यक्रम गरी मनाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ११ २०८३
  • 684
    SHARES

काठमाडाैं । २० औं लोकतन्त्र दिवसलाई शुक्रबार विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदैछ ।

२०६२/६३ सालको दोस्रो जनआन्दोलनको बलमा तत्कालिन राजा ज्ञानेन्द्र शाहले जनताको नासो जनतालाई सुम्पने भन्दै प्रतिनिधि सभा पुर्नस्थापना गरेको खुशीयालीमा यो दिवस मनाउने गरिएको हाे। २०५९ साल जेठ ८ गते संसद विघटन गर्नुभएका शाहले २०६१ साल माघ १९ गते शासनसत्ता आफ्नै हातमा लिनुभएपछि सात राजनीतिक दलहरुको अगुवाईमा आन्दोलन शुरु भएको थियो ।

शसस्त्र विद्रोहमा रहेको तत्कालिन माओवादी र आन्दोलनरत सात दलबीच १२ बुँदे समझदारी भएपछि आन्दोलनले गति लिएको थियो । २०६२ साल फागुनदेखि पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा शुरु भएको निर्णायक आन्दोलनले आजकै दिन सफलता प्राप्त गरेको थियो ।

आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा शाहले वैशाख ११ गते राति संसद् पुनर्स्थापनाको घोषणा गरी बैठक समेत आह्वान गर्नुभयो । साेही दिनलाई लोकतन्त्र दिवसको रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४