Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस संसदीय दलको विधान पारित, भोली उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १० २०८३
  • 1.2K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसको संसदीय दलको विधान पारित भएको छ ।

सांसदहरूले छलफल गरी विधान पारित गर्दै अनुमोदनका लागि पार्टीमा पठाएका हुन् । फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो ।

संसदीय दल नेता निर्वाचनका लागि गठित निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीका अनुसार सांसदहरूको छलफलपछि विधान पारित गरेर अनुमोदनका लागि पठाइसकिएको छ । उनले दल नेता चयनका लागि निर्वाचन कार्यतालिकाअनुसार प्रक्रिया अघि बढिरहेको जानकारी दिए ।

उनका अनुसार संसदीय दलको विधानमा ठूलो परिमार्जन गरिएको छैन ।

निर्वाचन कार्यतालिका अनुसार आज मतदाताको अन्तिम नामावली प्रकाशन गरिएको छ । भोलि बिहान ११ बजेदेखि मध्याह्न १२ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ ।

यस्तै, अपराह्न ४ बजेदेखि ५ बजेसम्म मतदान हुने र लगत्तै मतगणना गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४