Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

किसान भन्छन्- केराको मूल्य बढाएका छैनौँ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ८ २०८३
  • 1.2K
    SHARES

काठमाडौँ । किसानले आफूहरूले केराको मूल्य नबढाएको स्पष्ट पारेका छन् । बजारमा केराको मूल्य आकासिएको बेला नेपाल केरा उत्पादक महासंघले मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गरी आफूहरूले केराको मूल्य बढाउन काम नगरेको स्पष्टीकरण दिएका हुन् ।

महासंघका अध्यक्ष विष्णुहरि पन्तले बिचौलियाहरूले केराको मूल्य वृद्धि गरेको भन्दै तत्काल अनुगमन गर्न सरकारसँग माग समेत गरे । उनले बजारमा केराको अभाव भने रहेको स्वीकार गरे । तर किसानले भने त्यसको मूल्य नबढाएको महासंघले जनाएको छ ।

अध्यक्ष पन्तले भने ‘राज्यको निकायबाट अनुगमन गरेर यो मूल्य किसानले साँच्चै बढाएको छ कि ? कतै बजारले नै चलखेल गरेको छ कि ? उहाँहरू सबैसँग बिल हुन्छ । र, त्यो किसानसँग प्रत्यक्ष सम्पर्क गरेर उहाँहरूले होलसेलर वा कोसँग लिएर आउनु भयो । त्योसँग सम्पर्क गरेर बीचको ग्याप कहाँ गयो ? भनेर यो अनुगमन गर्ने काम राज्यको छ । तर म यति भन्नसक्छु कि किसानको तर्फबाट किसानको तर्फबाट मूल्य बढेको छैन भनेर म प्रतिबद्धता जनाउन चाहन्छु । अहिले बजारमा करिब ८० हजार मेट्रिक टन केरा चाहिन्छ । तर करिब ६० हजार मेट्रिक टन हाम्रो उत्पादन छ । साउन पछाडि केराको अभाव हुने छैन । किसानहरूले पर्याप्त उत्पादन गर्नेछन् ।’

महासंघले केराको न्यूनतम समर्थन मूल्य निर्धारण गर्न पनि सरकारलाई सचेत गराएको छ । महासंघका अध्यक्ष पन्तले हाल बजारमा केरा माग अनुसार उपलब्ध नभए पनि आगामी साउनबाट सो समस्या नहुने जिकिर गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४