Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा न्युरोसर्जरी सेवा सुरु गर्ने डा. दिनेश नाथ गंगोलको निधन


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख ८ २०८३
  • 551
    SHARES

काठमाडौं । नेपालमा न्युरोसर्जरी सेवाको सुरुवात गर्ने श्रेय पाएका वरिष्ठ चिकित्सक डा. दिनेश नाथ गंगोलको निधन भएको छ । ९२ वर्षीय गंगोलको मंगलबार बिहान काठमाडौंस्थित आफ्नै निवासमा निधन भएको हो । उनको आज दाहसंस्कार गर्ने तयारी गरिएको छ ।

डा. गंगोलको निधनसँगै नेपाली चिकित्सा क्षेत्रमा एक युगको अन्त्य भएको छ । उनले आफ्नो चिकित्सकीय जीवनभर न्युरोसर्जरीसँगै पिट्युटरी ट्युमर, स्पाइनल इन्जुरीका लागि ल्यामिनेक्टोमी, फोक्सोको न्युमोनेक्टोमी, मुटुको माइट्रल भाल्भोटोमी तथा पेटसम्बन्धी जटिल शल्यक्रियाहरू नेपालमै पहिलोपटक गरेका थिए । उनी चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का संस्थापक निर्देशकसमेत थिए ।

करिब चार दशकसम्म वीर अस्पतालमा सेवा दिएका डा. गंगोलले आफ्नो जीवनकालमा ४० हजारभन्दा बढी शल्यक्रिया गरेका थिए । १९८९ चैतमा काठमाडौंमा जन्मिएका उनले त्रिचन्द्र कलेजबाट बीएस्सी पूरा गरेका थिए । त्यसपछि भारतको दरभंगा मेडिकल कलेजमा एमबीबीएस गरेका उनले बम्बईको ग्रान्ट मेडिकल कलेजबाट एमएस गरेका थिए ।

सन् १९६१ मा नेपाल फर्किएपछि उनले वीर अस्पतालमा सेवा सुरु गरेका थिए । सीमित स्रोत–साधनका बीच जटिल शल्यक्रियाको अभ्यास थालेका उनले पर्याप्त उपकरण नहुँदा जोखिम मोलेर नयाँ विधिको सुरुवात गरेका थिए ।

नेपाल चिकित्सक संघले श्रद्धाञ्जली दिँदै डा. गंगोलको निधनले नेपाली चिकित्सा क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४