Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा केन्द्रीय समिति बैठक सुरु, ९ एजेन्डामा महाधिवेशनदेखि प्रवास मताधिकारसम्म छलफल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ७ २०८३
  • 608
    SHARES

काठमाडौं:
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ।

पार्टीका प्रवक्ता मनिष झा का अनुसार आजको बैठकका लागि ९ वटा एजेन्डा तय गरिएको छ। बैठकमा पार्टी गतिविधिको ब्रिफिङ र केन्द्रीय सदस्यहरूको रिपोर्टिङ हुनेछ, जसका लागि २० जनालाई २ मिनेटका दरले समय छुट्याइएको छ।

त्यस्तै, महाधिवेशन कार्यविधिको मस्यौदा, विधान संशोधन, स्थानीय तह उम्मेदवार क्लब गठन तथा आवेदन आह्वानका विषयमा पनि छलफल हुने जनाइएको छ।

बैठकमा प्रवासमा रहेका नेपालीलाई विदेशबाटै मताधिकार दिने व्यवस्था, सचिवालयका निर्णय अनुमोदन लगायतका विषयमा पनि छलफल भइरहेको छ।

रास्वपाले विविध शीर्षकअन्तर्गत तीन प्रस्तावमा समेत छलफल गर्ने जनाएको छ, जसमा विभिन्न आयोग तथा निकायबाट प्राप्त पत्राचार, विषयगत विभागको योजना तयारी, नीति मन्थन र संसदीय दलको विधान संशोधनसम्बन्धी विषयहरू समावेश छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४