Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पेट्रोलियम मूल्य घटाउन जेन–जी अभियानको दबाब, आयल निगमलाई पाँच बुँदे ज्ञापनपत्र


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ७ २०८३
  • 589
    SHARES

काठमाडौं:
राष्ट्रिय जेन–जी नागरिक अभियानले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै नेपाल आयल निगम लाई पाँच बुँदे ज्ञापनपत्र बुझाएको छ।

सोमबार अभियानका प्रतिनिधिहरू निगमको कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन्। यसअघि शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै २४ घण्टाभित्र मूल्य नघटाए निगम घेराउ गर्ने चेतावनी दिइएको थियो।

अभियानका प्रवक्ता वीरजंग विश्वकर्मा ले इण्डियन आयल कर्पोरेशन बाट खरिद गरिने पेट्रोलियम पदार्थको मूल्य निर्धारण प्रक्रिया अपारदर्शी रहेको आरोप लगाउँदै खरिद मूल्य, कर संरचना र मूल्यसूची सार्वजनिक गर्न माग गर्नुभयो।

उनका अनुसार मूल्य स्थिरीकरण कोष तत्काल प्रयोग गरी उपभोक्तालाई राहत दिनुपर्ने, प्रशासनिक खर्च कटौती गर्नुपर्ने, कालोबजारी तथा कृत्रिम अभाव नियन्त्रणका लागि कडा अनुगमन गर्नुपर्ने र वर्तमान आर्थिक संकट अन्त्य नभएसम्म मूल्यवृद्धि पूर्ण रूपमा रोक्नुपर्ने माग गरिएको छ।

उहाँले सरकारले इन्धनमा कर तथा भन्सार छुट दिने निर्णय गरे पनि त्यसको प्रत्यक्ष लाभ उपभोक्तासम्म नपुगेको गुनासो गर्नुभयो।

ज्ञापनपत्र बुझाउन पुगेका अभियानका सदस्यहरूले केही समय निगम परिसरमा नाराबाजी समेत गरेका थिए भने प्रहरीले उनीहरूलाई नियन्त्रणमा राख्दै स्थिति सामान्य बनाएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४