Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशैभरी आजदेखि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ६ २०८३
  • 399
    SHARES

काठमाडौं। सरकारले आइतबार र सोमबार देशभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने अभियान सुरु गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गत सञ्चालन गरिएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रममार्फत दुई दिनसम्म औषधि वितरण गरिने भएको हो।

स्वास्थ्य सेवा विभाग का अनुसार ६ महिनादेखि ५९ महिनासम्मका झण्डै २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ। साथै, १ वर्षदेखि ५ वर्षमुनिका करिब २० लाख बालबालिकालाई जुकाको औषधि अलबेन्डाजोल पनि खुवाइँदैछ।

कार्यक्रमका लागि देशभरका पालिकाहरूले पायक पर्ने स्थानमा खोप केन्द्र स्थापना गरेका छन्। अभियान सफल बनाउन करिब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिएको छ।

चिकित्सकहरूका अनुसार भिटामिन ‘ए’ ले बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता बढाउन र शारीरिक वृद्धि विकासमा महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै, जुकाको औषधिले पेटका किरा हटाएर कुपोषण, रगतको कमी, पेट दुख्ने तथा झाडापखाला जस्ता समस्याबाट जोगाउन मद्दत गर्छ।

नेपालमा हरेक वर्ष कात्तिक र वैशाख महिनामा यस कार्यक्रम अन्तर्गत बालबालिकालाई निःशुल्क रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४