Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाको सचिवालय बैठक बस्दै, महाधिवेशन कार्यविधिदेखि सांसदको लेबीसम्मका विषयमा छलफल हुँने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ६ २०८३
  • 1K
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज दिउँसो बस्ने भएकाे छ । बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा दिउँसो ३:३० बजे बस्ने गरी तय भएको हाे ।

बैठकमा पार्टीका विभिन्न आन्तरिक तथा साङ्गठनिक विषयहरूमा छलफल गर्न आधा दर्जनभन्दा बढी एजेन्डाहरू तय गरिएको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार आजको बैठकमा विशेष गरी पार्टीको आगामी महाधिवेशन, साङ्गठनिक सुदृढीकरण र प्रशासनिक व्यवस्थापनका विषयमा महत्त्वपूर्ण छलफल हुनेछ।

बैठकका एजेन्डाहरूमा जिल्ला अधिवेशनको कार्यविधि तय गर्ने, पार्टीको बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा मनोनयन गर्ने, पार्टीका आगामी कार्यक्रम र रणनीतिका लागि नयाँ योजनाहरू आह्वान गर्ने रहेका छन् ।

यस्तै बैठकमा प्रतिनिधिसभा सदस्य (सांसद)हरूको साङ्गठनिक जिम्मेवारी बाँडफाँट, केन्द्रीय समितिको आगामी बैठकको तयारी, संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता र सांसदहरूले पार्टीलाई बुझाउनुपर्ने लेबीका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४