Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैशाख ६ गते आइतबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख ६ २०८३
  • 950
    SHARES

आजको पञ्चाङ्ग

वि.सं. वैशाख ०६, २०८३ । इ.सन् 19 Apr, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (बछलाथ्व) रौद्र संवत्सर उत्तरायण वसन्त ऋतु । आइतवार वैशाख शुक्लपक्ष ।
तिथि द्वितिय, १३:३१ बजेपछि तृतीया । नक्षत्र भरणी, ०९:४१ बजेपछि कृत्तिका । योग आयुष्मान्, २३:०९ बजेपछि सौभाग्य । करण तैतिल, २४:२२ बजेपछि कौलव, १३:३१ बजेउप्रान्त गर । चन्द्रराशि मेष । योग (आनन्दादि) काल दिनमान । १२:५२ सूर्योदय ०५:३८ । सूर्यास्त १८:३० दिन विशेष : त्रिपुष्कर ९:४१ उ १३:३१ प, परशुराम जयन्ती, खात बिहु समाप्ति ।
राशिफल
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ। आकर्षक उपहारले उत्साह जगाउनेछ। ज्ञान, कला र व्यक्तित्वमा निखारता आउने समय छ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। आयस्रोत बढ्नेछ। दिगो काम सुरु गर्ने समय छ। बौद्धिक कलाको प्रभाव बढ्नेछ। बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ। साँझतिर पहिलेको दुविधाले समेत निर्णायक मोड लिनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
खर्चिलाे काममा हात हाल्नाले रकम जुटाउन कर्जा लिनुपर्ला। तापनि टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ। काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। मिहिनेतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। साँझतिर पारिवारिक भेटघाटले खुसियाली छाउनेछ। नयाँ योजना थाल्ने समय छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, हा
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझतिर खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पहिले रोकिएको कामले उत्साह जगाउनेछ। मिहिनेतले लक्ष्यमा पुग्न सकिनेछ। अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। साँझतिर आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पेसा–व्यवसायमा पनि प्रशस्त लाभ हुनेछ। उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन र व्यापारमा फाइदा हुनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
समय केही संघर्षमय रहने देखिन्छ। तापनि सामाजिक जिम्मेवारी प्राप्त हुनेछ र आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ। तारिफयोग्य कामले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। परिश्रमले धेरैको मन जित्न सकिनेछ। मिहिनेतले लोकप्रियता र कीर्तिमानी हासिल गर्न सकिनेछ। पेसामा पनि प्रशस्त फाइदा हुनेछ।
कन्या – Virgo
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अरूका लागि समय खर्चनुपर्ला। परिस्थिति अलि बिग्रन सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहने समय छ। व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला। साँझतिर काम देखाएर प्रभाव जमाउन सकिनेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। तापनि केही सामाजिक काम पूरा गर्न सकिनेछ।
तुला – Libra
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ। साँझतिर काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आफ्नो मिहिनेतको प्रतिफल भने हातलागी हुनेछ।
बृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ। तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। बुद्धिको उपयोगले परिस्थिति अनुकूल बनाउन सकिनेछ। साँझदेखि व्यापार बढ्नेछ र व्यवसायमा लाभ हुनेछ। आयआर्जनका नयाँ स्रोत समेत फेला पर्नेछन्। मित्रता र प्रेमको बन्धन कसिनेछ भने आकर्षक उपहारले उत्साह जगाउनेछ।
धनु – Sagittarius
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कामको मेसो नमिल्दा केही अलमल हुनेछ। तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। विशेष काममा जग बसाउने मौका जुट्नेछ। साँझतिर भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। साहसी काम गरेर लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्।
मकर – Capricorn
भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि
समयमा निर्णय नलिने बानीले पछि समस्या पर्न सक्छ, सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। साँझतिर स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। कामको मेसो नमिल्दा केही अलमल हुनेछ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ। काममा श्रम परे पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। अवसरले उत्साह जगाउने देखिन्छ। साँझतिर केही घरायसी समस्याले पिरोल्न सक्छ। आफन्त टाढिन सक्छन्। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
बाैद्धिक तथा रचनात्मक काममा जुट्ने समय छ। चिताएका काम सजिलै सम्पादन हुनेछन्। आयस्रोत पनि बढ्नेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। साँझदेखि दिगो फाइदा हुने जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन्। उद्योग र व्यापारमा विशेष लाभ हुनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा उठाउन सकिनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४