Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समीर पल कपुर नेपाल आउँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ५ २०८३
  • 627
    SHARES

काठमाडौं ।
दक्षिण तथा मध्य एशिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुरको नेपाल भ्रमण तय भएको छ ।

बालेन शाह नेतृत्वको सरकार गठन भएपछि नेपाल आउन लागेका कपुर अमेरिकी सरकारका सबैभन्दा उच्च अधिकारी हुन । नेपाल भ्रमणको लागि मात्र भनेर कपुर अमेरिका बाहिर निस्किन लागेको बताइएको छ ।

अमेरिकी विदेशमन्त्री तथा उच्च अधिकारीहरु प्रायः भारत, पाकिस्तान, बंगलादेश वा अन्य दक्षिण, दक्षिण पूर्वी एशियाका देशको भ्रमण क्रममा काठमाडौँ आउने गर्थे । सहायक विदेशमन्त्री पल अमेरिकाबाट इस्तानबुल ट्रान्जिट भएर सिधै काठमाडौं अवतरण हुनेछन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार कपुर सोमबार आएर बुधबार फर्किने तालिका छ ।

काठमाडौं रहँदा उहाँले बालेन सरकारको आर्थिक प्राथमिकता बारे अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसँग छलफल गर्ने तथा मिलेनियम च्यालेन्ज करपोरेसन (एमसीसी) को नेपाल कम्प्याक्ट बारे परामर्श गर्नुहुनेछ ।

काठमाडौं रहँदा सहायक विदेशमन्त्री कपुरले को कोसँग भेट्नेछन्, कुन समय र कुन विषयमा वार्ता गर्नेछन् भन्नेबारे कार्यसूची बनाउन काम भइरहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४