Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री बालेन्द्र शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, बैशाख ५ २०८३
  • 456
    SHARES

काठमाडौं । सर्वोच्च अदालत ले प्रधानमन्त्री बालेन्द्र शाह विरुद्ध दायर अदालतको अवहेलना मुद्दामा वारेस राख्न अनुमति दिएको छ ।

न्यायाधीश हरि फुयाल र शान्तिसिंह थापा को इजलासले शुक्रबार शाहलाई वारेस राख्न अनुमति दिएको हो । यससँगै अब मुद्दाको तारेखका दिन शाहको साटो उनका वारेस उपस्थित भएर तारेख लिन सक्नेछन् । यसअघि अदालतले यस्तो सुविधा प्रदान गरेको थिएन ।

गत तीन वर्षदेखि शाहविरुद्ध सर्वोच्चमा अवहेलनासम्बन्धी मुद्दा विचाराधीन छ । अधिवक्ता वर्षाकुमारी झा ले अदालतको आदेश नमानेको अभिव्यक्तिलाई आधार बनाउँदै अवहेलनाको रिट दायर गर्नुभएको थियो ।

प्रधानमन्त्री शाहले गत वैशाख ३ गते पुनः वारेस राख्न अनुमति माग गर्दै निवेदन दिनुभएको थियो । ‘आदिपुरुष’ फिल्ममा समावेश ‘भारतकी बेटी’ भन्ने संवाद नहटाएसम्म नेपालमा कुनै पनि फिल्म चल्न नदिने घोषणा गर्दै उहाँले महानगर प्रहरी हलहरूमा खटाउनुभएको थियो ।

यसपछि चलचित्र व्यवसायीहरूको छाता संस्था नेपाल चलचित्र सङ्घ ले उच्च अदालत पाटन मा रिट दायर गरेको थियो । सो रिटमा न्यायाधीश धीरबहादुर चन्द को इजलासले हिन्दी चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

उक्त आदेशपछि शाहले सामाजिक सञ्जालमार्फत सार्वभौमिकता र स्वाधीनताको सवालमा अदालतको आदेश पनि नमान्ने अभिव्यक्ति दिनुभएको थियो । साथै, राज्य र अदालतसमेत भारतको प्रभावमा रहेको आरोप लगाउनुभएको थियो ।

सोही अभिव्यक्ति संविधान विपरीत र कानूनी शासनविरुद्ध भएको भन्दै अधिवक्ता झाले अदालतको अवहेलनामा रिट दर्ता गराउनुभएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४