Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मध्यपूर्व तनाव घट्ने संकेतसँगै तेलको मूल्यमा कमी


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख ४ २०८३
  • 1.5K
    SHARES

हङकङ । एसियाली बजारमा कच्चा तेलको भाउ घटेको छ । इजरायल र हेजबुल्लाहबिच भएको युद्धविरामले मध्यपूर्वको तनाव अन्त्यतर्फ जान सक्ने आशा बढेपछि तेलको भाउ बढेको हो ।

शुक्रबारको कारोबारमा तेलको अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १ प्रतिशतभन्दा बढीले घट्दै प्रति ब्यारेल ९८ डलर शून्य ५ सेन्ट पुगेको छ । त्यस्तै, अमेरिकी बेञ्चमार्क वेष्ट टेक्सास इन्टरमिडियट (डब्ल्यूटीआई) क्रुडको मूल्य पनि घटेर ९४ डलरभन्दा तल झरेको छ ।

पछिल्लो समय तेल बजार निकै अस्थिर रहँदै आएको थियो । विशेषगरी अमेरिका इजरायल र इरानबिचको द्वन्द्वका कारण मार्च महिनामा तेलको मूल्य करिब ५० प्रतिशतले बढेको थियो ।अहिले भने मूल्य सय डलरभन्दा तल झरे पनि अझै ९० डलर आसपासमै कायम छ । यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै सप्ताहन्तमा पाकिस्तानमा इरानी अधिकारीहरूसँग भेटवार्ता हुनसक्ने सङ्केत दिएका छन् । यसले पनि लगानीकर्तामा सकारात्मक अपेक्षा सिर्जना गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४