Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले र नेकपाले पनि गराए समिति सभापतिमा उम्मेदवारी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३ २०८३
  • 1K
    SHARES

काठमाडौं । संघीय संसदअन्तर्गतको संयुक्त समिति र प्रतिनिधि सभाको विषयगत समितिमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दिएका छन् ।

बिहीवार सिंहदरबारस्थित संघीय संसद सचिवालयमा उनीहरुले समिति सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा नेकपा एमालेबाट गुरु बरालले मनोनयन दर्ता गराएका हुन् । उनको प्रश्तावकमा नेपाली काँग्रेसकी सांसद सीता थपलिया (उर्मिला) रहेकी छन् ।

संघीय संसदको संयुक्त समिति राज्यका निर्देशक सिद्धान्त र नीति दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापतिमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारी दर्ता गराएको छ ।

बिहीवार सिंहदरबारमा समितिको सभापतिका लागि नेकपाबाट मदनकुमारी साहले सभापतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । उनको प्रश्तावक र समर्थकमा जनकराज जोशी र पुष्पराज कँडेल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४