Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालत को आदेश: दीपक खड्का थुनामै रहने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २ २०८३
  • 741
    SHARES

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता दीपक खड्कालाई हालकै अवस्थामा थुनामै राख्न आदेश दिएको छ।

न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र शान्तिसिंह थापा को इजलासले उनकी श्रीमती विनिता थापाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश जारी गरेको हो।

रिटमाथि वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, शम्भु थापा, उपेन्द्रकेशरी न्यौपाने, सतिष्कृष्ण खरेल तथा अधिवक्ता प्रकाश रेग्मी ले बहस गरेका थिए।

सरकारी पक्षबाट सञ्जिवराज रेग्मी र दशरथ पंगेनी ले बहस गरेका थिए।

अदालतले मुद्दाको अर्को पेसी ९ वैशाखका लागि तोक्दै निवेदकलाई हालकै अवस्थामा थुनामा राख्न विपक्षीका नाममा आदेश जारी गरेको छ।

खड्कालाई प्रहरीले चैत १५ गते पक्राउ गरेको थियो। पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका उनलाई जेनजी आन्दोलनसँग सम्बन्धित घटनापछि घरमा फेला परेको रकमको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको सुधन गुरुङ ले बताएका थिए।

उक्त प्रकरणमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग ले अनुसन्धान गरिरहेको छ। खड्काको घरमा आगजनीपछि जलेका नेपाली तथा विदेशी नोटका टुक्रा र खरानी संकलन गरिएको थियो। आन्दोलनका क्रममा प्रदर्शनकारीले घरमा तोडफोड र आगजनी गरेका थिए भने जलेका नोटका तस्बिर र भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४