Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २ २०८३
  • 1.2K
    SHARES

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित १३ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु चोकबाट ६४० मिलिग्राम खैरो हेरोइनसहित नुवाकोटका २२ वर्षीय सुदिप कालेकोटेलाई पक्राउ गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट तीन किलो ३२० ग्राम गाँजासहित ३१ वर्षीय भारतीय नागरिक अजय सिंहलाई पक्राउ गरिएको छ । क्याथे प्यासेफिकको उडानद्वारा हङकङबाट आएका निजलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार झापाको दमक नगरपालिका–४ चियादोकानबाट खैरो हेरोइन र नगद रु १३ हजारसहित सोही नगरपालिका–९ का मनिष श्रेष्ठ, सोही नगरपालिका–९ चियाबगान माछाखाँडीका ३० वर्षीय पपे भन्ने राजु सुनुवार, सुनसरीको धरान उपमहानगरपालिका–१५ बगरकोटबाट चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने १०८ थान ट्रामाडोल ट्याब्लेटसहित विधित विश्वकर्मालाई पक्राउ गरिएको हो ।

यसैगरी, धरान उपमहानगरपालिका–२ भानुचोकबाट दुई, सोही उपमहानगरपालिकाको वडा – ७ बाट एक, इटहरी उपमहानगरपालिका–६ बाट एक, नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–८ कुनवार चोकबाट दुई, ललितपुर महानगरपालिका–५ थसीखेलबाट दुई जनालाई खैरो हेरोइन, डिजिटल तराजु, नगद रु आठ हजार तथा विदेशी मुद्रासहित दुई जनालाई पक्राउ गरिएको जनाइएको छ । उनीहरू सोमबार र मङ्गलबार पक्राउ परेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४