Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सरकारलाई संसदीय समितिप्रति जिम्मेवार बनाउन राष्ट्रिय सभा सदस्यहरूको जोड


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०८२
  • 551
    SHARES

काठमाडाैं । राष्ट्रिय सभाका सदस्यहरूले सरकारलाई संसदीय समितिप्रति जिम्मेवार बनाउनुपर्नेमा जोड दिएका छन्।

राष्ट्रिय सभा अन्तर्गतको विकास तथा आर्थिक सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरूले समितिले दिएका निर्देशनहरू कार्यान्वयन गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताएका हुन्। विगतमा समितिका निर्देशन बेवास्ता हुँदा देश र जनताले ठूलो क्षति व्यहोर्नुपरेको उनीहरूको भनाइ छ।

नेपाल कम्युनिष्ट पार्टी का सांसद घनश्याम रिजाल ले समिति कार्यकारी निकाय नभए पनि त्यसका निर्देशनलाई सरकारले मान्नुपर्ने बताए। उनले नयाँ सरकारले विगतका कमजोरी सुधार्दै समितिका सुझाव कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे। साथै एउटै दलको सरकार भएकाले सुशासन र विकासमा अवरोध नआउने उनको धारणा थियो।

त्यस्तै, नेपाली कांग्रेस का सांसद जगत तिमिल्सिना ले विकास, आर्थिक सुशासन र समृद्धि उच्च तथा गुणस्तरीय शिक्षासँग प्रत्यक्ष जोडिएको बताए। शिक्षामा सुधार नगरी समृद्धि सम्भव नरहेको उनको भनाइ छ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल का सांसद महन्थ ठाकुर ले मधेस क्षेत्रको समस्या उठाउँदै असमान विकासप्रति असन्तुष्टि व्यक्त गरे। उनले मधेसमा हरेक वर्ष बाढी र सुख्खा दुवैको मार पर्ने, खानेपानी अभाव र शिक्षाको गुणस्तर खस्कँदै गएको उल्लेख गरे।

समिति सभापति कृष्णप्रसाद पौडेल ले लोकतान्त्रिक पद्धतिअनुसार सबै पक्षको सहभागितामा नीति निर्माण प्रक्रिया अघि बढाइने बताए। उनले बैठकमा उठेका सुझाव समेट्दै प्रभावकारी कार्ययोजना तयार गरिने प्रतिबद्धता जनाए।

बैठकमा समितिको भावी कार्ययोजनाबारे विस्तृत छलफल भएको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४