Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडाैंमा भोलिदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ३० २०८२
  • 703
    SHARES

काठमाडाैं । काठमाडाैंमा वैशाख १ गतेदेखि रात्रिकालीन बस सेवा सञ्चालन हुने भएकाे छ ।

काठमाडाैं महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा मंगलबार राति ८ बजेदेखि ११ बजेसम्म रात्रिकालीन बस सेवा सञ्चालनमा आउन लागेको हो । महानगरले शुरुमा दुई वटा रुटमा बस सञ्चालन गर्ने तयारी गरेकाे छ। ललितपुरको लगनखेल, पाटन अस्पताल, अल्का, नर्भिक, प्रसूति गृह, ट्रमा सेन्टर, वीर अस्पताल, कान्ति अस्पताल, टिचिङ् अस्पताल र गंगालाल हृदय केन्द्र हुँदै बूढानीलकण्ठसम्म एउटा रुट हुने महानगरले जनाएकाे हाे ।

त्यस्तै थानकोटदेखि सतुंगल, कलंकी, कालीमाटी, त्रिपुरेश्वर, थापाथली, माइतीघर मण्डला, बानेश्वर, मीनभवन र तीनकुने हुँदै अन्तर्राष्ट्रिय त्रिभवन विमानस्थलसम्म अर्को रुटमा रात्री बस सञ्चालन गरिने भएकाे छ । यी दुई रुटमा ४ वटा रात्रीकालीन विद्युतीय बस सञ्चालन हुने भएका हुन् । तोकिएको रुटका बस स्टपहरुमा हरेक २० मिनेटको अन्तरमा बस आउनेछन् । बसमा सीसीटिभी क्यामरा जडान हुने समेत महानगरले जनाएकाे छ ।

साथै सुरक्षाका लागि नगर प्रहरी हुने समेत महानगरले जानकारी गराएकाे हाे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४