Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एक साताभित्र संगठनात्मक एकीकरण टुंग्याउने तयारी: माधवकुमार नेपाल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २८ २०८२
  • 627
    SHARES

काठमाडाैं ।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको बताएका छन्।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को कार्यक्रममा बोल्दै उनले निर्वाचन परिणाम अपेक्षाविपरीत आएको स्वीकार गर्दै गम्भीर समीक्षा आवश्यक रहेको बताए। उनले कार्यकर्ताहरूको सक्रियता र इमान्दारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न आग्रह गरे।

उनले हाल ४५ सदस्यीय केन्द्रीय समन्वय समितिको बैठक सात दिनदेखि जारी रहेको र राष्ट्रिय समस्या, राजनीतिक संकट तथा कम्युनिष्ट आन्दोलनका चुनौतीबारे छलफल भइरहेको जानकारी दिए।

नेपालले कम्युनिष्टहरूको भूमिका नेपालको राजनीतिमा महत्वपूर्ण रहेको उल्लेख गर्दै महिला हिंसा, दलितमाथिको अत्याचार र गरिबीविरुद्ध सक्रिय हुन महिला संगठनलाई निर्देशन दिए।

उनले पार्टीभित्रको पुरानो सोच परिवर्तन गरी नयाँ परिस्थितिअनुसार अघि बढ्नुपर्नेमा जोड दिँदै एकताले मात्र सबै सम्भव नहुने र आफ्नै खुट्टामा उभिनुपर्ने बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४