Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भेपमार्फत सुन तस्करी प्रकरण : कृष्णबहादुर महरा सहित २३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र २६ २०८२
  • 741
    SHARES

काठमाडौं — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतिय चुरोट (भेप) प्रयोग गरी गरिएको सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरासहित २३ भन्दा बढी व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगका अनुसार सार्वजनिक पदमा रहँदा महराले विमानस्थल भन्सार कार्यालयका प्रमुखलाई दबाब दिँदै भेप छुटाउन पहल गरेका थिए। यस प्रकरणमा उनका छोरा राहुल महरासहित अन्य संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ।

अख्तियारले उनीहरूमाथि करिब ७ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा अदालतमा पेश गरेको जनाएको छ।

२०७९ माघमा एक चिनियाँ नागरिकले ७३० वटा भेपभित्र लुकाएर करिब ९ किलो सुन नेपाल भित्र्याएका थिए। उक्त सुन भन्सार जाँचका क्रममा नियन्त्रणमा लिइए पनि पछि चोरी भएको र तस्करी सञ्जालको संलग्नता क्रमशः खुल्दै गएको थियो।

अनुसन्धानका क्रममा महरा बाबुछोराले भन्सार कर्मचारीसँग पटक–पटक सम्पर्क गरी सामान छुटाउन दबाब दिएको तथ्य पनि खुलेको छ। उच्च तहका व्यक्तिको संलग्नता देखिएपछि घटनामा थप कानुनी कारबाही अघि बढाइएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४