काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लाई प्रहरीले रिहा गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको हो ।
प्रहरीका अनुसार अब उनको स्वास्थ्य अवस्थाको मूल्याङ्कनपछि चिकित्सकको सल्लाहअनुसार थप निर्णय लिइनेछ ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा ओलीलाई गत चैत १४ गते भक्तपुरस्थित गुण्डु निवासबाट पक्राउ गरिएको थियो । पक्राउपछि स्वास्थ्य जटिलता देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल मा उपचाररत थिए ।
ओलीकी पत्नी राधिका ओली ले गैरकानूनी हिरासतमा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।
सर्वोच्च अदालतले चैत २३ गते आदेश जारी गर्दै ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्धको अनुसन्धान चैत २६ गतेभित्र टुंग्याउन निर्देशन दिएको थियो । साथै सो अवधिसम्म अनुसन्धान नसकिएमा शर्तसहित रिहा गर्नुपर्ने आदेशसमेत दिएको थियो ।