Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वैशाख २ गतेदेखि देशभर ५ हजार कर्मचारी आर्थिक गणनाको लागि परिचालन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०८२
  • 1.4K
    SHARES

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले आगामी वैशाख २ गतेदेखि देशभर करिब ५ हजार कर्मचारी परिचालन गरी राष्ट्रिय आर्थिक गणना शुरु गर्ने भएको छ ।

निजी र सरकारी सहकार्यको मोडेलमा सञ्चालन हुन लागेको यस गणनाले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा विभिन्न क्षेत्रको योगदानको यथार्थ चित्र प्रश्तुत गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणनाको लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग रहेको जनाएको छ ।

बुधवार राष्ट्रिय आर्थिक गणनाको लागि नेपाल पत्रकार महासंघसंगको सहकार्य सम्बन्धी छलफलमा कार्यालयका प्रवक्ता एवं उपप्रमुख तथ्याङ्क अधिकारी ढुण्डीराज लामिछानेले आर्थिक गणनाको लागि निजी क्षेत्रले उल्लेखनीय सहयोग गरेको बताए ।

उनकाअनुसार यसपटकको आर्थिक गणनालाई निजी–सरकारी सहकार्य मोडेलमा अघि बढाइएको छ । उनले आर्थिक गणनालाई प्रभावकारी बनाउन विभिन्न निजी क्षेत्रका संस्थासँग सहकार्य गरिएको जानकारी दिए ।

नेपाल उद्योग परिसंघ र बैंकर्स एशोसिएशनसँग सम्झौता भईसकेको उनले बताए । परिसंघसंग तथ्याङ्क आदानप्रदान, विश्लेषणमा सहकार्य, वित्तीय साक्षरता अभिवृद्धि तथा पाँच वर्षसम्म तथ्याङ्कसम्बन्धी सहयोग गर्नेगरी सम्झौता गरिएको उनले जानकारी दिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघले पनि सहकार्य गर्न इच्छा देखाएको उनको भनाई छ । निजी क्षेत्र आफैँले तथ्याङ्क संकलनमा सहयोग गरिरहेको उल्लेख गर्दै उनले विगतको तुलनामा अहिलेको सहभागिता निकै सकारात्मक भएको बताए ।

कार्यालयले सञ्चार क्षेत्रसहित विभिन्न आर्थिक क्षेत्रको योगदानलाई समेट्ने गरी विस्तृत गणना गर्न लागेको जनाएको उनको भनाई छ । संचार क्षेत्रका प्रतिष्ठानहरूले नेपालको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पुर्‍याएको योगदानको यथार्थ चित्र प्रश्तुत गर्न आर्थिक गणनाले महत्वपूर्ण भुमिका खेल्ने उनले बताए ।

प्रवक्ता लामिछानेले संकलित तथ्याङ्क गोप्य राखिने पनि जानकारी दिनुभयो । व्यक्तिगत वा संस्थागत विवरण सार्वजनिक नगर्ने उनको भनाई छ । उनले संकलन गरेको विवरणलाई विश्लेषण गरी समष्टिगत तथ्याङ्क मात्रै सार्वजानिक गर्ने जानकारी दिए । साथै, संकलित तथ्याङ्क कर प्रयोजनका लागि प्रयोग नहुने पनि उनले स्पष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४