Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रहरीले अनुसन्धान सकेर मुद्दा दायर नगरे रिहा हुनेछन् ओली र लेखक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र २५ २०८२
  • 779
    SHARES

काठमाडौं । जेनजी आन्दोलनका क्रममा लापरबाहीका कारण आन्दोलनकारीको ज्यान गएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध मुद्दा दायर गर्ने कि हाजिरी जमानीमा रिहा गर्ने भन्ने विषयमा प्रहरीले परामर्श अघि बढाएको छ ।

सर्वोच्च अदालतले सोमबार दिएको परमादेशअनुसार बुधबारभित्र अनुसन्धान सम्पन्न गरी मुद्दा दायर नगरेमा उनीहरूलाई थुनामुक्त गर्नुपर्ने अवस्था आएको हो । बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै अदालतले अब म्याद थप नगर्न स्पष्ट निर्देशन दिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार यस विषयमा सरकारी वकिल कार्यालयसँग छलफल भइरहेको छ । ‘मुद्दा दायर गर्ने वा हाजिरी जमानीमा छाड्ने भन्ने निर्णय छलफलपछि हुन्छ,’ उनले भने ।

ओली र लेखकलाई गत १४ चैतमा पक्राउ गरिएको थियो । उनीहरूको बयान प्रक्रिया सम्पन्न भइसकेको छ । अनुसन्धान टुंगिएमा सरकारी वकिलले आजै अदालतमा मुद्दा दायर गर्न सक्नेछ । तर अनुसन्धान अपूरो रहेमा सर्वोच्चको आदेशअनुसार उनीहरूलाई थुनाबाहिर राखी थप अनुसन्धान गर्नुपर्ने हुन्छ ।

यसै प्रकरणमा पक्राउ परेका सहसचिव छवि रिजाललाई भने यसअघि नै हाजिरी जमानीमा रिहा गरिएको छ । साथै, ओलीको स्वास्थ्य अवस्था, दुवै जनाको आशौच र बयान सम्पन्न भइसकेको अवस्थालाई ध्यानमा राख्दै अनुसन्धान छिटो टुंग्याउन अदालतले निर्देशन दिएको हो ।

यसअघि अदालतले उनीहरूलाई सुरुमा पाँच दिन, त्यसपछि थप दुई दिन र पुनः पाँच दिन म्याद थप गरेको थियो । तर सर्वोच्चको पछिल्लो परमादेशपछि बुधबारपछि थप म्याद गर्न नपाइने भएको छ ।

यदि आजै मुद्दा दायर भएमा अदालतको बयान र थुनछेक प्रक्रियाका कारण उनीहरू केही समय थप हिरासतमा बस्न सक्छन् । अन्यथा, हाजिरी जमानीमा रिहा गर्दै अनुसन्धान प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४