Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

डीपी अर्याल प्रतिनिधिसभा सभामुखमा निर्विरोध निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०८२
  • 722
    SHARES

काठमाडौं। प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको छ। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्यालको निर्विरोध निर्वाचित घोषणा गरेका हुन्।

गत शुक्रबार सभामुख पदका उम्मेदवारको मनोनयन तालिका थियो, जसमा अर्यालको मात्रै उम्मेदवारी परेको थियो। प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार, एकल उम्मेदवार भएमा समर्थक सदस्यले बोलिसकेपछि सभामुख पदमा निर्विरोध घोषणा गर्न सकिन्छ।

प्रतिनिधिसभामा रास्वपाको दुई तिहाइ बहुमत छ। २७५ सदस्यीय सदनमा रास्वपाका १८२ सांसद छन्, नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद छन्।

सभामुख चयन भएपछि अब उपसभामुखको निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ। उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुनेछ। संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको व्यक्ति हुनुपर्ने प्रावधान छ।

निर्वाचित भएपछि सभामुखले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् भने उपसभामुखले सभामुखको उपस्थितिमा शपथ ग्रहण गर्नेछन्। दुवै संवैधानिक परिषद्को सदस्य हुने भएकाले उपसभामुखमा कुन दलबाट प्रतिनिधित्व हुन्छ भन्ने विषयमा ध्यान दिइन्छ।

संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् रहने व्यवस्था नेपालको संविधानको धारा २८४ मा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४