Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

केपी शर्मा ओली र रमेश लेखक को बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०८२
  • 741
    SHARES

काठमाडौं : केपी शर्मा ओली र रमेश लेखक को बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालत मा सुनुवाइ हुने भएको छ।

यसअघि अदालतले जारी गरेको कारण देखाउ आदेशपछि सरकार पक्षबाट लिखित जवाफ पेश भइसकेको छ। अब मुद्दाका सबै प्रक्रिया पूरा भइसकेकाले रिट पेसीमा चढेर आज बहस हुने बताइएको छ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की आयोग को प्रतिवेदन कार्यान्वयन गर्ने सरकारी निर्णयअनुसार प्रहरीले चैत १४ गते दुवै नेतालाई पक्राउ गरेको थियो।

उक्त पक्राउ गैरकानूनी भएको दाबी गर्दै दुवैले चैत १५ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यसपछि चैत १६ गतेको प्रारम्भिक सुनुवाइमा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो।

अब लिखित जवाफ प्राप्त भइसकेकाले आज हुने सुनुवाइले मुद्दाको आगामी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४