Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पूर्व–पश्चिम राजमार्गमा ‘एनिमल पास’ : हात्तीका लागि नेपालकै ठूलो ओभरपास निर्माण हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र २१ २०८२
  • 665
    SHARES

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत काँकडभिट्टा–लौकही सडक खण्डमा नेपालकै ठूलो ‘एनिमल पास’ (वन्यजन्तु मार्ग) निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ। झापाको चारआली क्षेत्रमा जंगली हात्तीको आवागमनलाई सुरक्षित बनाउन राजमार्गमाथि छुट्टै ओभरपास निर्माण थालिएको हो।

यो परियोजना एशियाली विकास बैंक को ऋण सहयोगमा सञ्चालन भइरहेको छ। काँकडभिट्टा–लौकही सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर आश्रय महत का अनुसार भारतबाट नेपालतर्फ आउने जंगली हात्तीहरूको परम्परागत रुट पहिचान गरी सोही आधारमा ओभरपास निर्माण थालिएको हो।

उनका अनुसार एशियाली मापदण्डअनुसार सडक विस्तारसँगै वन्यजन्तुको आवागमनलाई सुरक्षित र व्यवस्थित बनाउन ‘एनिमल पास’ अवधारणा लागू गरिएको हो। बायोडाइभर्सिटी अध्ययनले यो क्षेत्र हात्तीका लागि उपयुक्त मार्ग भएको पुष्टि गरेपछि सोही स्थानमा संरचना निर्माण अघि बढाइएको हो।

भारतबाट आउने जंगली हात्तीका कारण यस क्षेत्रमा सवारी आवागमनमा पटक–पटक अवरोध हुने समस्या देखिँदै आएको थियो। अब भने ओभरपास निर्माणसँगै हात्तीहरूलाई राजमार्ग पार गर्न छुट्टै सुरक्षित मार्ग उपलब्ध हुनेछ, जसले दुर्घटना जोखिम घटाउने अपेक्षा गरिएको छ।

परियोजनाअन्तर्गत १५ मिटर चौडाइ र ६ दशमलव ५ मिटर उचाइका दुई वटा पुल निर्माण भइरहेको छ। निर्माण सम्पन्न भएपछि हात्तीहरूको आवागमन र गतिविधि निगरानी गर्न अत्याधुनिक क्यामेरा जडान गरिने इन्जिनियर महतले जानकारी दिएका छन्।

यस परियोजनालाई नेपालमा वन्यजन्तु संरक्षण र पूर्वाधार विकासलाई सँगसँगै अघि बढाउने नमुना पहलका रूपमा हेरिएको छ। विशेषज्ञहरूका अनुसार यस्तो संरचनाले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्दै जैविक विविधताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४