काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले गुन्डागर्दीमा संलग्न रहेको आरोपमा कम्तिमा १२ जनालाई पक्राउ गरेको छ। काठमाडौं अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति सञ्चालन गरेको ‘स्वीप अपरेसन’मार्फत उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रविण तामाङ, बिर्जु महर्जन, सुजन कार्की, सरु हुमागाईं, सञ्जिव लामा, सुरेश गिरी, अशोक गिरीलगायत रहेका छन्। उनीहरू उपत्यकाका विभिन्न क्षेत्रमा आपराधिक गतिविधिमा संलग्न रहेको आरोप छ।