Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिन्धुलीमा बीपी राजमार्गमा सवारी दुर्घटना, ९ जना घाइते


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २० २०८२
  • 722
    SHARES

सिन्धुली । सुनकोशी गाउँपालिका–५ साईटारस्थित बीपी राजमार्गमा शुक्रबार भएको सवारी दुर्घटनामा ९ जना यात्रु घाइते भएका छन्।

काठमाडौंबाट काँकडभित्तातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको माइक्रो बस र विपरीत दिशाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीले जानकारी दिनुभयो।

घाइतेमध्ये माइक्रो बस चालक गजबहादुर मगर, काभ्रे मण्डनदेउपुर–९ की ३० वर्षीया अनिता न्यौपाने, ३२ वर्षीय प्रबिन तिवारीलाई टाउको चोट लागेपछि धुलिखेल अस्पतालमा उपचारका लागि पठाइएको छ। ठेगाना नखुलेका प्रशान्त केसीको अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ।

अन्य घाइतेहरूको उपचार आत्मीय सामुदायिक अस्पताल खाल्टेमा भइरहेको छ। घाइतेमध्ये अधिकांशलाई सामान्यदेखि मध्यम खालका चोट लागेको चिकित्सकहरूले बताएका छन्।

घाइतेहरूमा झापाका संस्कृति यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४