Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुखमा रास्वपाका डीपी अर्याल निर्विरोध निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २० २०८२
  • 589
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । यद्यपि, उनको औपचारिक घोषणा भने हुन बाँकी रहेको छ ।

सभामुख पदका लागि आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो । उक्त अवधिमा अर्यालको एकल उम्मेदवारी परेको हो ।

प्रतिनिधिसभा नियमावलीको नियम ७ अनुसार सभामुख पदमा एक मात्र उम्मेदवारी परेमा प्रतिनिधिसभाको बैठकमा प्रस्तावक सदस्यले धारणा राखेपछि अध्यक्षता गर्ने व्यक्तिले उक्त उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने प्रावधान छ । सोही अनुसार अर्यालको निर्विरोध निर्वाचनको घोषणा अब बस्ने प्रतिनिधिसभा बैठकमा हुनेछ । बैठक आगामी आइतबारका लागि तय गरिएको छ ।

प्रतिनिधिसभामा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दुई तिहाइ नजिकको अवस्थामा रहेको छ । स्पष्ट बहुमत भएकै कारण प्रतिपक्षी दलहरूले सभामुख पदमा उम्मेदवारी नदिएको बताइएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका १८२ सांसद रहेका छन् भने नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेपाली कम्युनिस्ट पार्टीका १७, श्रम संस्कृति पार्टीका ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ सांसद रहेका छन् ।

सभामुख चयनसँगै अब उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको मिति र समयमा हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४