Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चैत २२ मा सभामुख चयन : संसद सचिवालयद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, चैत्र २० २०८२
  • 1.5K
    SHARES

काठमाडौं । संघीय संसद सचिवालय ले यही चैत २२ गते आइतबार हुने प्रतिनिधिसभाको सभामुख चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

सार्वजनिक कार्यतालिका अनुसार शुक्रबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म प्रतिनिधिसभाका कुनै सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी नियमावलीअनुसार प्रस्तावको सूचना (मनोनयन) संसद सचिवालय, सिंहदरबारमा दर्ता गरिनेछ। सोही दिन दिउँसो साढे २ बजेदेखि दर्ता भएका उम्मेदवारीको सूची दर्ता क्रमअनुसार प्रकाशन गरिनेछ।

दर्ता भएका प्रस्तावहरूलाई आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने र समर्थकले समर्थन गर्नेछन्। त्यसपछि सामूहिक छलफलपछि निर्णयार्थ प्रस्तुत गरिने कार्यक्रम तय गरिएको छ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको सभामुख पदका लागि पार्टी उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

त्यसैगरी राष्ट्रियसभा उपाध्यक्ष पदको निर्वाचन सोमबार हुने भएको छ। संसद सचिवालयका अनुसार आइतबार दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म प्रस्ताव दर्ता गरिनेछ भने सोही दिन दिउँसो ४ बजे उम्मेदवारहरूको सूची प्रकाशन गरिनेछ।

सोमबार दिउँसो १ बजे बस्ने राष्ट्रियसभा बैठकले उपाध्यक्ष चयन गर्ने संघीय संसद सचिवालय ले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४