Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संसदीय दल चयन लोकतान्त्रिक अभ्यास: परिणाम स्वीकार्नुपर्ने नेम्वाङको धारणा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०८२
  • 665
    SHARES

काठमाडौं । नेकपा एमाले का सांसद सुहाङ नेम्वाङ ले संसदीय दलको नेता चयन प्रक्रियालाई पार्टीभित्रको स्वाभाविक लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने बताउनुभएको छ।

निर्वाचनको नतिजापछि प्रतिक्रिया दिँदै उहाँले यस प्रक्रियालाई नकारात्मक रूपमा नहेर्न आग्रह गर्नुभयो। नेम्वाङले संसदमा सत्तापक्ष वा प्रतिपक्षको सीमाभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिनुभयो।

उहाँले सरकारका सकारात्मक कामलाई सहयोग गर्ने र कमजोरीहरूलाई रचनात्मक रूपमा आलोचना गर्दै खबरदारी गर्ने नीति रहने स्पष्ट पार्नुभयो। साथै युवा पुस्ता र शुभेच्छुकहरूलाई निराश नहुन आग्रह गर्दै यो आफ्नो पहिलो प्रयास मात्र भएको र भविष्यमा पनि सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो।

उहाँले भन्नुभयो, “पार्टीभित्र दलको नेता चयन गर्दा हामीले लोकतान्त्रिक अभ्यास अपनाएका हौँ। कुनै दबाब थिएन। नतिजा अपेक्षाअनुसार नभए पनि अर्को उम्मेदवार योग्य ठहरिएर आएको हुन सक्छ, जसलाई स्वीकार्नुपर्छ।”

नेम्वाङले यस नतिजाले पार्टीभित्रका कमजोरी सुधार गर्ने र आत्मसमीक्षा गर्ने अवसर प्रदान गरेको उल्लेख गर्दै यसले भविष्यमा पार्टीलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभयो। साथै एमालेले देशको समृद्धि र जनताको मुद्दा उठाउने कार्य निरन्तर गर्ने पनि उहाँले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४