Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा ठूलो परिमाणमा ट्रामाडोल बरामद, ४ जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०८२
  • 817
    SHARES

काठमाडौं । लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ठूलो परिमाणमा लागू औषध ट्रामाडोलसहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार विभिन्न मितिमा काठमाडौंका फरक–फरक स्थानबाट कुल ३५ हजार ५ सयभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद गरिएको हो।

काठमाडौं महानगरपालिका–२२ क्षेत्रबाट एक जनालाई ३६०० क्याप्सुलसहित पक्राउ गरिएको छ। त्यस्तै गोंगबुबाट ९४६, सुन्धाराबाट ११८० र कोटेश्वरबाट ८८० क्याप्सुलसहित अन्य तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरू विभिन्न जिल्लाका रहेका छन् र प्रारम्भिक अनुसन्धानबाट उनीहरू लामो समयदेखि लागू औषध कारोबारमा संलग्न रहेको खुलेको छ।

यसैबीच, लागू औषध मुद्दामा फरार रहेका एक व्यक्तिलाई पनि पुनः पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले पक्राउ परेकामाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ अनुसार म्याद थप गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४