Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपद् उद्धारमा दुई हेलिकप्टर तयारी राखिने: गृहमन्त्री गुरुङको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १८ २०८२
  • 608
    SHARES

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ ले विपद्मा परेका नागरिकको तत्काल उद्धारका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्।

चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा उनले यस्तो बताएका हुन्। उनले विपद् व्यवस्थापनमा खटिने सुरक्षाकर्मीहरूको योगदानप्रति धन्यवाद दिँदै नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए।

गृहमन्त्री गुरुङले विपद् आउनु अघि नै तयारी अवस्थामा रहन निर्देशन दिँदै सुरक्षाकर्मीहरूलाई “व्यारेक होइन, फिल्डमा सक्रिय रहनुपर्ने” बताए। साथै उनले सीमा क्षेत्रमा हुने अवैध चोरीपैठारी र तस्करी नियन्त्रणमा मन्त्रालय कडाइका साथ अघि बढ्ने पनि बताए।

त्यसैगरी, सशस्त्र प्रहरी कर्मचारीहरूको सरुवा, बढुवा र सेवा सुविधालाई पारदर्शी बनाइने र उनीहरू लामो समय एउटै पदमा रहनुपर्ने समस्या समाधान गर्नेतर्फ सरकार अघि बढ्ने उनले बताए।

कार्यक्रममा राजु अर्याल ले गृहमन्त्रीको निर्देशनले संगठनको मनोबल उच्च हुने र कार्यक्षमता बढ्ने विश्वास व्यक्त गरे। उनले सशस्त्र प्रहरीका नियमावली परिमार्जन र तल्लो तहका कर्मचारीहरूको जीवनस्तर सुधार गर्न सरकारसँग माग पनि गरेका छन्।

कार्यक्रममा गृहसचिव राजकुमार श्रेष्ठ, सशस्त्र प्रहरीका उच्च अधिकारीहरू तथा अन्य सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४