Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज: देउवा पक्ष सक्रिय, असन्तुष्ट पक्ष पनि बोलाइयो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०८२
  • 988
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिको हो, जसलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आह्वान गरेका हुन्।

बैठक धुम्बाराहीस्थित स्मार्ट पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने तय गरिएको छ। बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, विशेषगरी गत पुसमा सम्पन्न विशेष महाधिवेशनलाई अस्वीकार गर्ने प्रदेश कार्यसमिति सभापतिहरूलाई समेत बोलाइएको छ।

यसले कांग्रेसभित्रको आन्तरिक समीकरण मिलाउने प्रयासका रूपमा हेरिएको छ। लामो समयदेखि देखिएको गुटगत असन्तुष्टि समाधान गर्न नेतृत्वले पहल थालेको संकेत पनि बैठकले दिने अपेक्षा गरिएको छ।

यस्तै, खड्काले आगामी बिहीबार जिल्ला सभापतिहरूको भेला पनि बोलाएका छन्। उक्त भेलामार्फत पार्टी संगठन सुदृढीकरण, आगामी रणनीति तथा आन्तरिक एकता मजबुत बनाउने विषयमा थप छलफल हुने जनाइएको छ।

कांग्रेसभित्र विकसित पछिल्लो राजनीतिक घटनाक्रमले पार्टीभित्रको शक्ति सन्तुलन र नेतृत्वको आगामी कदमलाई चासोका साथ हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४